![]()
काठमाडौं । नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि मंगलबार हातपात भएको छ। सडक सचेतना जगाउँदै बाटो काट्नेलाई आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी ट्राफिक प्रहरीमाथि जुम्ला घर भएका २७ वर्षीय राज कठायतले उल्टै हातपात गरेका हुन्।
घटनाक्रममा उनलाई छुट्याउन आएका अन्य दुई जना ट्राफिक प्रहरीमाथि पनि कठायतले हातपात गरेका थिए। प्रहरीले घटनास्थलबाटै कठायतलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वरमा राखेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
For more updates, stay with Light News.










