मंगलबार भएको एउटा रूसी मिसाइल आक्रमणमा परेर युक्रेनको पूर्वी क्षेत्रमा कम्तीमा पनि ४१ जना मारिएका छन् ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले उक्त घटनाबारेमा जानकारी दिएका हुन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले मंगलबार बताएअनुसार रूसी मिसाइल आक्रमणमा ४१ जनाको ज्यान जाँदा १८० जना घाइते भएका छन् ।

जेलेन्स्कीका अनुसार यो आक्रमण देशको पूर्वी भागमा अवस्थित सहर पोलताभामा गरिएको थियो ।

युक्रेनको रक्षा मन्त्रालयका अनुसार पोलताभा लागि यो भयानक दिन हो । मन्त्रालयले एयर रेड साइरन र मिसाइल हमलाबीचको समय एकदमै कम हुँदा मानिसहरू बम सेल्टरमा जाने क्रममा धेरै घाइते भएका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here