गत वर्षको अक्टोबर ७ मा हमासले इसराइलमाथि आक्रमण गरी १० नेपालीसहित १२०० जनाको हत्या गरी विपिन जोशीसहित २४९ जनालाई बन्धक बनाएर गजा पुर्याएको थियो।
युद्धविरामसँगै आइतबार हमासले तीन इसराइली महिलालाई बन्धकमुक्त गरेको छ भने इसराइली जेलमा रहेका ९० जना प्यालेस्टिनी कैदमुक्त भएका छन्।
हमासले बन्धकमुक्त गरेका र इसराइलले कैदमुक्त गरेकाहरूलाई अन्तर्राष्ट्रिय रेड क्रसले उनीहरूको देशमा पुर्याएको थियो।
हमासले बन्धक बनाएका तीन महिलालाई रेडक्रसले तेल अभिवस्थित चेम सेइबा मेडिकल सेन्टरमा पुर्याएको थियो। जहाँ उनीहरूका आफन्त र सयौं इसराइलीहरू स्वागतका लागि बसेका थिए।
तीनै बन्धक स्वस्थ रहेको भनिएको छ।
इसराइलबाट रिहा भएका ६९ महिला र २१ पुरूष गरी ९० जना प्यालेस्टिनीहरू पनि रेडक्रसकै मद्दतबाट गजा पुगेका थिए। उनीहरूको रिहाइपछि गजाको रमनुल्लाहमा जम्मा भएका प्लालेस्टिनीहरूले आतसबाजी गरेर खुशीयाली मनाएका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बन्धकमुक्त भएकाहरू र इसराइलको जेलबाट रिहा भएर १५ महिनापछि परिवारसँग पुनर्मिलन हुँदाको भावुक तस्बिरहरू सार्वजनिक गरेको छ।
लन्डन, २७ अक्टोबर।
इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को प्रतिष्ठित बालोन डी’ओर अवार्ड जितेका छन्।...